जनता टाइम्स

१ जेष्ठ २०८०, सोमबार १०:२४

पार्टीको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुग्नुभएको हो : महेश बस्नेत


काठमाडौं, जेठ १ । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेशमा सचिव टोपबहादुर रायमाझी पक्राउ परेको बताउनु भएको छ । शनिवार साँझ बुढानिलकण्ठस्थित आफान्तको घरवाट पक्राउ परेका रायमाझीलाई गिरफ्तार दिन आदेश गरे बमोजिम उहाँ पक्राउ परेको बस्नेतले बताउनु भयो ।

‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरी सामु पुग्नु भएको छ,’ बस्नेतले भन्नुभयो, ‘नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पुर्ण अपराधिहरुलाई कार्बाहिको दायरामा ल्याउन अनुरोध छ।’