जनता टाइम्स

१ जेष्ठ २०८०, सोमबार १३:३१

प्रतिनिधिसभाको बैठक सुरु, यस्तो छ नयाँ कार्यसूची (प्रत्यक्ष प्रशारण)


काठमाडौं, जेठ १ । संघीय संसद अन्र्तगतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा पहिलाको भन्दा एक कार्यसुची थप भएको छ ।

संघिय संसद सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसुची भन्दा थप एक बिषय थपेर नयाँ कार्यसुची सार्वजनिक गरिएको छ । जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संसोधन समिति गठन गरियोस’ भनी समितिमा रहने माननीय सदस्यहरुको नामावली प्रस्ताव प्रस्ताव हुने भएको छ ।

प्रतिनिधिसभाको दोस्रो अधिवेसनको पाँचौ बैठक सुरू हुन लागेको छ । बैठक अपरान्ह १ बजे, वानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भनिएको थियो ।

यसअघि सार्वजनिक भएको कार्यसुचीमा दुइवटा मात्र बुदाँ उल्लेख थियो । जसअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची छ ।

यसैगरी, आज सार्वजनिक गरिएको सम्भावित कार्यसुचीमा संविधानसभा सदस्य पुरोषत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । बस्नेतको गत २०८० बैशाख २९ गते ७८ बर्षको उमेरमा निधन भएको थियो । अहिले बैठकमा सांसदहरु सून्य समयमा आफ्नो धारणा राखिरहनु भएको छ ।