काठमाडौं, जेठ १ । नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गर्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि शेर्पाले आज प्रहरी समक्ष आत्मसमर्पण गर्नुभएको हो ।
पूर्वसभासद शेर्पाले आज केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा पुगेर आत्मसमर्पण गर्नुभएको हो । उहाँले शरणार्थी प्रकरणका एक नाइके सानु भण्डारीलाई हिरासतमै गएर भेटनुभएको थियो ।
आइतबार पक्राउ पूर्जि जारी गरेपछि सम्पर्कविहीन शेर्पा आज प्रहरीमा पुग्नुभएको हो ।
शेर्पा रामेछापबाट २०७० सालमा सभासद निर्वाचित हुनुभएको थियो । शरणार्थी प्रकरणमा पक्राउ पर्ने शेर्पा १४ औं व्यक्ति हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्