जनता टाइम्स

२ जेष्ठ २०८०, मंगलवार १८:२२

अर्थतन्त्रका सूचकहरु हेर्दा मुलुक अफ्ठ्यारो अवस्थामा छ : बिष्णु पौडेल


काठमाडौं, जेठ २ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचकहरु हेर्दा अफ्ठ्यारो अवस्थामा रहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो। उहाँले अर्थतन्त्रका समस्या र चुनौतिको बीचमा सरकार अगाडि बढ्ने विषयमा सबैलाई जानकारी दिनुपर्ने बताउनु भयो। उहाँले मुलुकको अर्थतन्त्रका समस्या र चुनौति समाधान गर्नको लागि सरकारले अर्थ समितिलाई साथ लिएर जान सक्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ मुलुकको अर्थतन्त्रका सूचकहरु हेर्दा अफ्ठ्यारो अवस्थामा छौं । अर्थतन्त्रका समस्या र चुनौतिको बीचमा सरकार कसरी अगाडि बढ्छौं । त्यसमा समितिलाई समेत साथमा लिएर जो दायित्व सरकार अर्थमन्त्रीसँग हुनेगर्छ । आगामी बजेटमा अर्थमन्त्रालय ,राष्ट्र बैंक, प्राकृतिक स्रोत तथा वित्त आयोग,लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धि आर्थिक सूचकहरु बारेमा अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने प्रवर्धन गर्नुपर्छ ।’

उहाँले आगामी बजेटमा अर्थ मन्त्रालय,राष्ट्र बैंक, प्राकृतिक स्रोत तथा वित्त आयोग,लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धि आर्थिक सूचकहरु बारेमा अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने प्रवर्धन गर्नुपर्ने माग राख्नुभयो।