जनता टाइम्स

३ जेष्ठ २०८०, बुधबार ११:१६

यति समुहका अध्यक्ष शेर्पाले गरे सगरमाथाको सफल आरोहण


काठमाडौं, ३ जेठ । पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान सोनाम शेर्पाले सगरमाथाको चुचुरो छुनुभएको छ ।

यती समूहका अध्यक्ष समेत रहनुभएका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचरो टेक्नुभएको हो । यसँगै उनले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापुर्वक आरोहण गर्नुभएको छ ।

२०५० सालमा पत्नी पासाङसहित सगरमाथा आरोहणमा निस्केको भए पनि सोनाम त्यो बेला बेसक्याम्प–२ पुगेर फर्किनुभएको थियो । तर, उहाँकी छोरी फुटी शेर्पाका अनुसार आमा पासाङ भन्दा अगाडी नै सोनामले धौवलागिरी र थामसेर्फु हिमाल चढिसक्नुभएको थियो ।

मुख्यतयाः भुकम्प पछि सबै महादेशको सर्वोच्च शिखर चुम्ने उदेश्यसहित अघि बढेका सोनामले ३० बर्ष सगरमाथाको सफल आरोहण गर्नुभएको हो । ६३ वर्षीय शेर्पा आफनो टोलीसँग मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उहाँहरु हिजो साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गर्नुभएको थियो । आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको सपःल आरोहण सम्पन्न गर्नुभएको हो ।