काठमाडौं, ४ जेठ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यताबारे संसदमा प्रश्न उठाउनुभएको छ । आज बसेको संसद बैठको प्रश्नोत्तर सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँ जनमोर्चा अध्यक्षसमेत रहनुभएको केसीले यस्तो प्रश्न गर्नुभएको हो ।
‘नेपालमा नयाँ प्रधानमन्त्री भएपछि विदेश भ्रमणमा जाँदा पहिले भ्रमण भारतबाटै गर्नु पर्ने नेपालीको के बाध्यता होला ?’, उहाँले प्रधानमन्त्रीलाई सोध्नुभयो ।
त्यसको जवाफमा प्रचण्डले त्यस्तो कुनै बाध्यता नरहेको बताउनुभयो । ‘नेपालमा त्यस्तो कुनै बाध्यता छैन, पहिलो भ्रमणमा भारत जाने’, उहाँले भन्नुभयो,‘पहिलो प्रधानमन्त्रीकालमा मैले यसको जवाफ दिइसकेको छु । खुला सिमाना र निकट सम्बन्ध रहेकाले भारत नै जाने गरिएको हो । अरु त्यस्तो बाध्यता छैन ।’













प्रतिक्रिया दिनुहोस्