जनता टाइम्स

४ जेष्ठ २०८०, बिहीबार १९:२९

देउवा–आरजुले सुटुक्क गराए छोरा जयबीरको इन्गेजमेन्ट


काठमाडौं, जेठ ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवाले सुटुक्क छोरा जयवीरसिंह देउवाको इन्गेजमेन्ट गराउनु भएको छ ।

काठमाडौंमा गत जेठ १ गते दुई परिवार र केही साथीहरूको उपस्थित समारोहमा जयवीरको शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु नै संलग्न भनेर नाम सार्वजनिक भएपछि सुटुक्क जयवीर र शिवानाको इन्गेजमेन्ट गरिएको देउवा निकट स्रोतले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानाबीच माघमा बिहे गर्ने तयारी छ । जयवीरसिंह शेरबहादुर–आरजु दम्पतीका एक्ला सन्तान हुन । इन्गेजमेन्टको तस्विर शिवानाकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राममार्फत सार्वजनिक गर्नुभएको हो ।

शिवाना र जयवीरसिंहले औंठी साटेको तस्वीर शिवानीकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गर्दै लेख्नुभएको छ, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन ।’