काठमाडौं, ५ जेठ । केही समयजदेखि सामाजिक सञ्जालमा भाइरल रहेको ‘सिमान्त गुरु’ को ‘क्लीनिक’ प्रहरीले बन्द गराएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा रहेको कार्यालय आजबाट बन्द गरिएको हो । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले भिड अनियन्त्रित भएपछि सुरक्षाका कारण बन्द गरिएको बताउनुभयो । ‘असाध्यै भिड भएकाले हामीले शान्ति, सुरक्षाका कारण तत्कालका लागि बन्द गर्न निर्देशन दिएका हौँ,’ डीएसपी कुँवरले भन्नुभयो ।
सामाजिक सञ्जालमा सिमान्त गुरु नामले चर्चित झापाका ४३ वर्षीय भरत केसीले दुई साताअघि मात्र तारकेश्वरमा आफ्नो कार्यालय सार्नुभएको थियो । त्यसअघि उहाँको कार्यालय कोटेश्वरमा रहेको थियो । डीएसपी कुँवरका अनुसार कम्पनी दर्ता र वडा कार्यालयबाट सिफारिससमेत निकालेर काम गरिरहनु भएको उहाँको कसैबाट उजुरी परेर बन्द नगरेको जनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्