काठमाडौं, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । आज अपराह्न भएको दुवै संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमम अपेक्षानुरुप नयाँ कार्यक्रम भने खास केही पनि छैन ।
जसमा निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउनेदेखि विद्यालयका बालबालिकाहरुको दिवा खाजा बढाउनेसम्मका कार्यक्रम समेटिएको छ । त्यस्तै, निजगढ विमानस्थलको निर्माण अघि बढाइने, नयाँ हिमाल आरोहण खुल्ला गरिनेलगायत कार्यक्रमहरु रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्