जनता टाइम्स

१० जेष्ठ २०८०, बुधबार १४:१६

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि अनुसन्धान गरौँ : रवि लामिछाने


काठमाडौं, १० जेठ । रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि छानबिन गर्नुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उहाँले प्रहरी प्रशासनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएकाको बयान लिन माग गर्नुभयो ।

भ्रष्टाचारको विषयमा छानबिन गर्न आफूले मुटु नकमाउने बताउनुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्ने बताउँदै उहाँले न्यायिक प्रक्रियामा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

भ्रष्टाचारको विषयमा हाइप्रोफाइल भन्न नहुने भन्दै उहाँले फाइल हुने बताउनुभयो । प्रमुख तीन दलका शीर्षनेताहरुको भेटघाटमा दोषी जोगाउने गन्ध आएको भन्दै लामिछानेले कसैलाई पोल्नेमात्र काम पनि गर्न नहुने बताउनुभयो । भ्रष्टाचारको विषयमा आफ्नो पार्टी निर्मम रहेको भन्दै उनले न्यायालय र सेनामाथिको भ्रष्टाचारको विषयमा बोल्नै मान्छे डराउने गरेकोसमेत बताउनुभयो ।