जनता टाइम्स

१६ जेष्ठ २०८०, मंगलवार १३:५५

भारतको नक्सामा कपिलवस्तु र लुम्बिनी राखिएको विषय नेपाल सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत


काठमाडौ, १६ जेठ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनमा राखेको भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखेको नेपाल सरकारको नोटिसमा रहेको जानकारी दिनुभएको छ ।

आज बसेको संसदको पूर्वाधार समितिको बैठकमा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयबारे बुझ्न बाँकी रहेको जानकारी दिनुभयो ।

तर, सरकारले नोटिस भने गरिसकेको उहाँको भनाइ छ । बैठकमा समिति सदस्यले राखेको प्रश्नको जवाफमा मन्त्री बस्नेतले सो बताउनुभएको हो । समिति सदस्यहरुले भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर राखिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यसबारे स्पष्ट पार्न अनुरोध गरेका छन् ।