जनता टाइम्स

२९ जेष्ठ २०८०, सोमबार १९:४१

पाकिस्तान र दक्षिण कोरियाका राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहदाको प्रमाणपत्र


काठमाडौं, जेठ २९ । नेपालका लागि पाकिस्तान अबरार हुसैन हाश्मी र दक्षिण कोरियाका राजदूत पार्क तइयोङले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सोमबार ओहदाको प्रमाणपत्र बुझाउनु भएको छ ।

नेपालमा नयाँ राजदूतको रुपमा आउनु भएका दुवै देशका राजदूतहरुले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पुगेर ओहदाको प्रमाणपत्र बुझाउनु भएको हो । उक्त अवसरमा परराष्ट्रमन्त्री एनपी साउदको पनि उपस्थिति रहेको थियो ।