महोतरी, २असार । नेपाल पत्रकार माहासंघ महोत्तरी शाखाको विवादको बिषयमा पत्रकार संम्वद संगठनहरुले ध्यानाकर्षण गराएका छन ।
महासंघ केन्द्रले सार्वजनिक गरेको परिपत्र विपरित गुटगत बैठक बसी जिल्लामा भ्रम फैलाउने काम भएको भन्दै प्रेस सेन्टर, प्रेस चौतारी, समाजवादी प्रेस र प्रेस मंच नेपालले ध्यानाकर्षण गराएका हुन ।
शुक्रबार पत्रकारहरुले उक्त ध्यानाकर्षण पत्र कार्यवाहक अध्यक्ष सुनिता बराललाइ हस्तान्तरण गर्दै माहासंघको विधि र विधान विपरित कार्यमा लाग्ने जोकोहीलाइ कारवाही गर्नुपर्ने माग गरेका छन । ध्यानाकर्षण पत्रमा केन्द्रले तोकेको कार्यावाहक अध्यक्ष हुदाहुदै वेला(वेलामा गुटगत बैठक बसी कार्यकारी बनाउने जस्तो गम्भीर त्रुटि भएको उल्लेख छ ।
स्थानीय तहको निर्वाचनमा कमलेश मण्डलले नगरप्रमुखमा प्रतिस्पर्धा गरेपछि महासंघको बिधानअनुसार उहाँ पदमुक्त हुनुभएको थियो । त्यसलगत्तै वरिष्ठ उपाध्यक्ष रहेकी बराललाइ केन्द्रले कार्यावाहकको पत्र थमाएपछी उहाँ अहिले कार्यावाहक अध्यक्ष हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्