काठमाडौं, २ असार । पत्रकार विमल नेपालले ‘पीपला’ उपन्यास सार्वजनिक गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आज पुस्तक सार्वजनिक भएको हो । लेखक नयनराज पाण्डे, पत्रकार तथा समीक्षक राजकुमार बानियाँ र प्राध्यापक समीक्षक ज्ञानु अधिकारी संयुक्त रुपमा सो पुस्तकको लोकापर्ण गर्नुभएको हो ।
इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक २८ अध्यायसहित २२९ पेजको रहेको छ । पत्रकारिता गर्दागर्दै बेलाबेला हुने फुर्सदमा पुस्तक तयारी भएको नेपालले बताउनुभएको छ । ‘पोहोर हर्टअट्याक हुँदा किताब आउँदैन जस्तो लागेको थियो । तर, बाचियो र किताब आयो,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्