चरिकोट, असार ३ । दोलखा जिल्लाको एक मात्र छात्राअध्ययन गर्ने विद्यालय पशुपति कन्या मन्दिर माविको नेतृत्व महिलाहरुकै हुनुपर्ने माग गरिएको छ ।
विद्यालयको प्रशासनिक नेतृत्व, व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ तथा शिक्षक कर्मचारी पूर्ण रुपमा महिला हुनुपर्ने भन्दै आज ध्यानाकर्षण गराईएको हो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, महिला विभाग दोलखाको अगुवाइमा भीमेश्वर नगर प्रमुखलाई माग राखिएको ईञ्चार्ज लक्ष्मी भुजेलले जानकारी दिनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, महिला विभाग भीमेश्वर नगर कमिटी दोलखाले महिला शिक्षकहरुलाई पायक पर्ने गरी पदस्थापन गरिनु पर्नेर रिक्त हुन आउने स्थानमा प्राथमिकतामा राखी सरुवा गर्नु पर्ने मागसमेत यसमा राखिएको छ ।
नगर प्रमुख इश्वरनारायण मानन्धरलाई १२ बुँदे माग राख्दै भीमेश्वर नगरपालिका, शिक्षा, युवातथा खेलकुदशाखा र शिक्षा विकास तथा समन्वय इकाई, दोलखाको ध्यानाकर्षण गराईएको हो ।
मागपत्रमा करार शिक्षक छनौट समितिमा महिला शिक्षकलाई विषय विज्ञको रुपमा प्राथमिकता दिनुपर्ने तथा विषय विज्ञको रुपमा शिक्षक सेवा आयोगले तोकेको मापदण्ड पालना गरिनुपर्ने, प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ता, विद्यालय सहायक र विद्यालय सहयोगीको रोजगारी सुनिश्चित गरी समय सापेक्ष सेवा सुविधा बढाउनु पर्ने,कर्मचारी सञ्चयकोष तथा बीमाको व्यवस्था गरी पेशागत सुनिश्चित गरिनुपर्ने, विद्यार्थी सङ्ख्या तथाभौगोलिक दुरीका आधारमा दरबन्दी पुनर्वितरण गरी दरबन्दी मिलान यथाशीघ्र गरिनुपर्ने, विद्यालयमा स्तनपान कक्षको व्यवस्था गरिनुपर्ने छात्रामैत्री शौचालय, स्यानिटरी प्याड वितरण र विसर्जन कार्य स्वचालित भेण्डिङ मेसिनबाट व्यवस्थित गरिनुपर्ने जस्ता बिषय समेटिएको छ ।

। इन्चार्ज भूजेलका अनुसार अनुसार सुत्केरी सट्टा शिक्षकको सुविधा यसअघिको भीमेश्वर नगरले दिदै आएको माग गत वर्षदेखि कटाइएकोमा नगरले निर्माण गरेको कार्यविधिका आधारमा बजेट व्यवस्थापन गरिनुपर्ने, विद्यालय नर्सको व्यवस्थापन थप मजबुत बनाइ अन्य विद्यालयमा समेत सेवा विस्तार गरिनुपर्ने, शिक्षा ऐन तथा नियमावलीका आधारमा प्रधानाध्यापक छनोट गरी कार्यसम्पादन करार सम्झौता गराइ नियुक्ति गर्नुपर्ने र महिलाशिक्षकलाई प्राथमिकता दिइ प्रधानाध्यापक बनाउनुपर्ने, सङ्घीय सरकारले उपलब्ध गराएको दिवाखाजा रकम अति न्यून भएकाले कम्तीमापनि शतप्रतिशत थप गरी दैनिक रु ३० पुर्याउनु पर्ने र प्रशिक्षक प्रशिक्षण, क्षमता विकास तालिम तथा अन्य नेतृत्त्व विकास तालिममा महिला शिक्षकलाई समावेश गरिनुपन ध्यानाकर्षण गराईएको हो ।
मागका बिषयमा बोल्दै नगरप्रमुख मानन्धरले महिला शिक्षहरुले उठाएको बिषयहरु जायज रहेको भन्दै क्रमशः सम्बोध गरिँदै जाने बताउनु भयो ।














प्रतिक्रिया दिनुहोस्