जनता टाइम्स

६ असार २०८०, बुधबार १३:१८

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नुपर्छ : अध्यक्ष गणेशप्रसाद तिमिल्सिना


पोखरा, ६ असार । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान अवतरण गरेपछि आज उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबैले जागरुकता देखाउँदै आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

यसले नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज आज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उक्त जहाजले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा आएको हो ।