काठमाडौं, ६ असार। देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–६ बस्ने २१ वर्षीय बसन्त बस्नेत र भोजपुर रामप्रसादराई गाउँपालिका–४ बस्ने २५ वर्षीय प्रजा कुमार राई रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका–९ बस्ने १६र१६ वर्षीय २ जना किशोर रहेका छन् । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । बर्दियाकै गुलरिया नगरपालिका-११ गणेशपुर गाउँबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ५० मिलिग्रामसहित मधुवन नगरपालिका–५ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी महम्मदपुर बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कबाट अवैध लागूऔषध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय अनमोल शाह र सोही उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले से. ७ प १४०१ नम्बरको मोटरसाइकललाई जाँच गर्न क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । रुपन्देही, सियारी गाउँपालिका–४ धमसार बस्ने ५३ वर्षीय सुभाष मल्लाहलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७९ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनको किराना पसलको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
महोत्तरीको बर्दिबास नगरपालिका–४ बाट नियन्त्रित लागूऔषध नाईट्रोभेट १५ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब १२ ग्रामसहित सिन्धुली, सिन्धुली नगरपालिका–४ मिलन चोक बस्ने २० वर्षीय सुमन ढकाललाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटिएको प्रहरीले गौशालाबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह ०९४६ नम्बरको टेम्पोलाई जाँच गर्ने क्रममा टेम्पोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
धादिङको धुनिवेशी नगरपालिका–९ खत्रीपौवा खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ५ सय ग्रामसहित त्रिपुरासुन्दरी गाउँपालिका–६ बस्ने पुरान बहादुरसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खत्रीपौवा र ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०२०–१२ प ९८१३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्