काठमाडौं, ९ असार । नेपालको सुपर सिक्समा पुग्ने सपना अधुरो हुने संकेत मिलेको छ । नेपाल र नेदरल्याण्ड बिचमा जारी खेलमा नेपालले पाँच बिकेट गुमाए पछि सुपर सिक्समा पुग्ने सपना अधुरो रहने संकेत मिलेको हो । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सविरूद्धको खेलमा गरेको ब्याटिङ खराब हुदाँ छैटौं बिकेट गुमाउनु परेको छ ।
१०० रन नजोडदै पाँच विकेट गुमाएको नेपालले यस खेलमा पराजय भएमा समुह चरणवाट नै बाहिरिने छ । जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले हालसम्म छैटौं विकेट गुमाइसकेको छ। कप्तान रोहितकुमार पौडेल ३३ रनमा आउट भए । अपरान्ह देखी सुरु भएको खेलमा ओपनर कुशल भुर्तेल १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भए पछि आउट भएका थिए ।
आउट हुनुअघि उनले ४२ बलमा २ चौका मारे पनि नेपालका अर्का खेलाडी आसिफ शेख तेस्रो शून्यमा भान वीकको बलमा बोल्ड हुनु परेको थियो । रिफ शेख ६ रनमा बिक्रम जितकै बलमा क्याच भए पछि पेभिलियनमा फर्केका थिए । भीम सार्की १९औं ओभरको पहिलो बलमा २२ रनमा नै आउट भए भने कुशल मल्ल १९ बलमा १२ रन जोडेर पभिलियन फर्किनु परेको थियो । यो सँगै नेपालले छौटौं विकेट गुमाएको हो, विकेट गुमाउदाँ नेपाल २५.२ ओभरमा ९१ रन मात्रै बनाउन सकेको थियो ।
प्रतिक्रिया दिनुहोस्