जनता टाइम्स

९ असार २०८०, शनिबार १७:४२

कैलालीमा ट्रक र बस ठोक्किँदा १४ जना घाइते


धनगढी, ९ असार । कैलालीमा बस र ट्रक ठोक्किँदा १४ जना घाइते भएका छन् । आज दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सु प्र प ००१ ख २७५९ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आइरहेको सु प्र प ००१ म ९०९ नम्बरको बस ठोक्किएका हुन् ।

घोडाघोडी नगरपालिका–१० घुम्नीभाकलमा भएको दुर्घटनामा ट्रक र बस चालकसहित बसमा सवार १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख वीरबहादुर विश्वकर्माले जानकारी दिनुभयो । घाइतेको सुखद स्थिति घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।