काठमाडौं, १२ असार । एमाले प्रमुख सचेतक पदम गिरीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय आगामी चुनावलाई प्रभावित पार्ने उद्देश्यले भएको बताउनुभएको छ । आज प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयको एमाले र रास्वपाका सांसदहरुले विरोध जनाइरहनुभएको छ ।
सोही क्रममा एमाले प्रमुख सचेतक गिरीले २०८४ सालमा हुने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय भएको दाबी गर्नुभयो । यसबारे प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्