काठमाडौं, १३ असार । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि स्वास्थ्यलाभ गरी निवास फर्कनुभएको छ । असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका पौडेल स्वास्थ्य लाभ गरी ११ दिनमा फर्किनुभएको हो ।
अस्पतालमा उहाँको छातीमा पेस मेकर राखिएको थियो । उहाँ आज डिस्जार्च भएर राष्ट्रपति निवास फर्किएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभएको छ । चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।













प्रतिक्रिया दिनुहोस्