जनता टाइम्स

१६ असार २०८०, शनिबार १२:१६

मोदी सरकारले खोस्यो आदिपुरुषका लेखकलाई दिईएका प्रोजेक्ट


नयाँदिल्ली, १६ असार । नरेन्द्र मोदी सरकारले बलिउड चलचित्र ‘आदिपुरुष’ का लेखकलाई दिईएको प्रोजेक्ट खोसेको छ । रामायणलाई चलचित्र ुआदिपुरुषु गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो । भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद सुधांसु त्रिबेदीले यसवारेमा जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘मनोज मुन्तासिरजी, तपाईको मुर्खताको नतिजा आउन थालेको छ, केन्द्र सरकारका धेरै विभागहरू पन्छिन थालेका छन्, सरकारी विभागका धेरै परियोजनाबाट मुन्तासिरको नाम काटियो ।’

उहाँले आदिपुरुषमा रामायण, भगवान रामलगायतको चरित्रलाई अपब्याख्या गरेको भन्दै भाजपालगायत दलका नेताहरुले उहाँमाथी आक्रोश पोख्नुभएको थियो भने नेपालमा सो चलचित्र प्रतिबन्ध लगाईएका कारण चल्न पाएको थिएन । उहाँले अगाडि लेख्नुभयो, ‘यो भगवान श्रीरामजीको दण्ड हो, अहिले पनि समय छ–भगवान श्रीरामजीसँग माफी माग्नु होस् ।’