जनता टाइम्स

१७ असार २०८०, आईतवार १९:१८

इमाडोलबाट नक्कली नोटसहित एक जना पक्राउ


काठमाडौं, १७ असार । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ स्थायी घर भई हाल ललितपुरको इमाडोल बस्ने वर्ष ४२ का प्रशान्त भन्ने पासाङ बोम्जन रहेका प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इमाडोलबाटै पक्राउ गरेको प्रहरीको भनाइ छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिकएको प्रहरीको भनाइ छ ।