जनता टाइम्स

२० असार २०८०, बुधबार १४:२०

काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेत


काठमाडौं, २० असार । गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख जितेन्द्र बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै उहाँलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिनुभएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय मंगलबार सह–सचिवबाट सविचमा बढुवा भएपछि रिक्त स्थानमा गृहमन्त्रालयको प्रवक्तासमेत सम्हाल्दै आउनुभएको बस्नेतलाई सरुवा गरिएको हो । यसअघि उहाँले चितवन र पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।