काठमाडौं, २१ असार । शैक्षिकसत्र २०७९ को माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गर्ने निर्णय गरिएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
यद्यपि, यसबारे बोर्डले औपचारिक रुपमा जानकारी गराइसकेको छैन ।
जारी बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । यसबारे थप छलफल चलिरहेकाले निर्णय सार्वजनिक गरिएको छैन । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।













प्रतिक्रिया दिनुहोस्