जनता टाइम्स

२१ असार २०८०, बिहीबार १७:४४

मल खरिद प्रक्रिया जी टू जी नै हुनुपर्छ : मन्त्री भुसाल


काठमाडौं, २१ असार । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले मल खरिद प्रक्रिया जी टू जीबाटै गर्नुपर्ने बताउनुभएको छ । आज बसेको संसदको अर्थ समितिको बैठकमा उहाँले मल अभाव हुन नदिन बजेट समयमै सुनिश्चित गर्नुपर्ने र खरिद प्रक्रिया जी टू जी हुनुपर्ने बताउनुभएको हो ।

खरिद प्रक्रिया लामो भएका कारण मल अभाव भएको भन्दै उहाँले जी टू जी प्रक्रियामा मल खरिद गर्नुपर्ने बताउनुभएको हो । मल खरिद प्रक्रियालाई सहज बनाउन खरिद ऐन संशोधनको लागि प्रस्ताव गरेको मन्त्री भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार हाल कायम रहेको ४५ दिने टेन्डर प्रक्रियालाई १५ दिन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।