काठमाडौं, असार २२ । कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको छ । सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमालेले अदालत पुगेको हो ।
कोशी प्रदेशका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार सर्वोच्च अदालतमा केहीबेरमा निवेदन दर्ता हुँदैछ । एमालेले निवेदनमा संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरिएको छ ।
ुहामी रिट दर्ता गर्दैछौं । संविधानको प्रक्रिया मिचेर सरकार बनाइएको छ, त्यसैले असंवैधानिक कदमविरुद्ध हामी सर्वोच्चमा आइपुगेका हौं,’ रिट दर्ताका लागि काठमाडौं आइपुग्नु भएका प्रमुख सचेतक भण्डारीले भन्नुभयो । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीवार सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर गरेर दावी आएको भनद कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । सो कार्य संबिधानबिरोधी रहेको कानूनविदहरुको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्