जनता टाइम्स

२३ असार २०८०, शनिबार १८:२३

नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध


काठमाडौं, २३ असार । पहिरोले नारायणगढ(मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना(६, कालीखोला पुल नजिक शनिबार अपराह्न पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरोका कारण सडक दुईतर्फी नै अवरुद्ध भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ ।

पहिरो हटाउन थालिएको सडक डिभिजन कार्यालय, भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले बताए । पहिरो पन्छाएर सडक सञ्चालन गर्न समय लाग्ने शाहको भनाइ छ ।