काठमाडौं, असार २५ । काठमाडौं उपत्यकाको उत्तरपूर्वी क्षेत्रमा वर्षा हुँदा यस क्षेत्रबाट बहने खोलामा बहाव बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार धापड्याम, सुन्दरीजल, बुढानीलकण्ठलगायत क्षेत्रमा पछिल्लो दुई तीनघण्टादेखि वर्षा भइरहेको छ।
पछिल्लो तीन घन्टामा बुढानीलकण्ठस्थित वर्षा मापन केन्द्रमा १३.२ मिलिमिटर वर्षा मापन भएको छ । जुन मध्यम मात्र हो। अहिले काठमाडौंको उत्तरपूर्वतिर पानी परिरहेको छ। राति पनि वर्षाको सम्भावना छ।
पछिल्लो तीन घन्टामा सबैभन्दा बढी वर्षा मकवानपुरमा ३४.२ र गोरखामा २७ मिलिमिटर भएको छ। हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही क्षेत्रमा वर्षा भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्