गणेश बस्नेत

२८ असार २०८०, बिहीबार १२:३६

राजदूत नियुक्ति प्रक्रिया चाँडै छिट्टै टुंगिन्छ : परराष्ट्रमन्त्री साउद


काठमाडौं, २७ असार । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले राजदूत नियुक्ति प्रक्रिया चाँडै छिट्टै टुंगिने बताउनुभएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेकाले चाँडै टुंगिने बताउनुभएको हो ।

राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्रभित्रबाट र ५० प्रतिशत परराष्ट्रबाहिरबाट गरिने जानकारी दिएका मन्त्री साउदका अनुसार हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत रिक्त रहेका छन् ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेको बताउँदै उहाँले नियोगहरुलाई साधन, स्रोत सम्पन्न बनाउँदै लैजाने पनि बताउनुभयो ।