yasima

२८ असार २०८०, बिहीबार १५:४८

फेसबुक, युट्युबसहित सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : मन्त्री शर्मा


काठमाडौं, २८ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जाललाई मर्यादित र व्यवस्थित गर्न सरकारले कानुन बनाउने बताउनुभएको छ । आज राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन बनाउने जानकारी दिनुभएको हो ।

डिजिटल साक्षरता प्रवर्द्धन र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याएर मर्यादित बनाउन मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै उहाँले आगामी आर्थिक वर्षमा कानुन ल्याउने बताउनुभयो । कानुन बनाएर नै सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने जानकारी दिनुभएको मन्त्री शर्माले राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा लैजाने तयारी अन्तिम चरणमा बताउनुभयो ।