जनता टाइम्स

२९ असार २०८०, शुक्रबार ०८:०४

अमेरिकी सहायक बिदेश मन्त्री लु आज नेपाल आउँदै


काठमाडौँ, २९ असार । अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदै हुनुहुन्छ ।

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउन लाग्नु भएको हो ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

साथै, आफनो भ्रमणको क्रममा उनले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग पनि सामुहिक भेटघाट गर्नु हुनेछ ।

भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा सम्पन्न गरेर नेपाल आउन लागेका सहायक विदेशमन्त्री लुले अन्य राजनीतिक दलका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाईएको छ ।