जनता टाइम्स

४ श्रावण २०८०, बिहीबार ०८:१३

बाँदरलाई राखेको धरापमा परी दुई महिला गम्भीर घाइते


पाल्पा, ४ साउन । तानसेन–७, लामिडाँडामा मकै जोगाउन थापिएको धरापमा परी दुई जना महिला गम्भीर घाइते भएका छन् । लामिडाँडाका स्थानीय सोम आलेको बारीको मकै बाँदरबाट जोगाउन राखिएको विद्युतीय धरापमा परी दुई जना महिला घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय ३१ वर्षकी विजिता आले र ३८ वर्षकी तिलु थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिनुभयो । बुधवार बेलुकी बजेतिर बारीमा घाँस काट्न जाने क्रममा उनीहरू धरापमा परेको उहाँले बताउनुभयो ।

घाइते दुवैको अवस्था गम्भीर रहेको र हाल लुम्बिनी मेडिकल कलेज प्रभासमा उपभार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनि थापाले जानकारी दिनुभयो ।