काठमाडौं, ७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटालीको रोममा पुग्नुभएको छ । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड रोम पुग्नुभएको हो । शनिबार साँझ काठमाडौंंबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड स्थानीय समयअनुसार साढे ७ बजे रोम पुगेको उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई रोमस्थित अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी तथा इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य रहनुभएको छोरी गङ्गा दाहाल पनि भ्रमण टोलीमा हुनुहुन्छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।













प्रतिक्रिया दिनुहोस्