काठमाडौं, १० साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नीति अधिवेशनको साटो महासमिति बैठक बोलाउन प्रस्ताव गरिएको छ ।
पार्टी कार्यालय, सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मंसिर ११, १२ र १३ महासमिति बैठक गर्ने प्रस्ताव गरेका हुन् ।
मंसिर २०७८ मा भएको कांग्रेसको १४औं महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो । कांग्रेस विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था छैन ।













प्रतिक्रिया दिनुहोस्