जनता टाइम्स

११ श्रावण २०८०, बिहीबार १८:५५

लाजिम्पाटस्थित चिनियाँ बस्ने घरमा राजश्व विभागको छापा


काठमाडौं, ११ साउन । आन्तरिक राजश्व विभागले चिनियाँ नागरिकले भाडामा लिएको लाजिम्पाटस्थित एक घरमा छापा मारेको छ । एक क्विन्टल सुन तस्करी प्रकरणमा साउन ४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका चिनियाँ लिङ चुवानले भाडामा लिएको उक्त घरमा विभागले आज छापा मारेको हो ।

उक्त घरबाट विभागको टोलले महत्त्वपूर्ण कागजात र केही सामग्री बरामद गरेको जनाएको छ । केही बाकसहरुसमेत बरामद गरिएको र उक्त बाकसमा सुन छ कि छैन भन्ने खुलाइएको छैन । विभागले बुधबार मात्रै सुन ल्याउने रेडी ट्रेडर्स कम्पनीको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेको थियो । त्यहाँ ब्रेक शु बरामद भएको थियो ।