काठमाडौं, २० साउन । अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान) को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित हुनुभएको छ । शुक्रवार सम्पन्न साधारणसभाले प्रेसिडेन्सियल कलेजका संस्थापक समेत रहेका केसीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । कार्य समितिको निवर्तमान अध्यक्षमा समीर थापा हुनुहुन्छ भने वरिष्ठ उपाध्यक्षमा मिथिलेश कुमार झा चयन हुनुभएको छ ।
त्यस्तै उपाध्यक्षमा विज्ञान श्रेष्ठ,महासचिवमा रेष्टा झा, सचिवमा रितल राणा र कोषाध्यक्षमा शैलजा अधिकारी चयन हुनुभएको छ । कार्यसमितिमा सदस्यमा तेज ढकाल, योगेश उप्रेती, प्रभिना थापा र रवि फुयाँल रहनुभएको छ । कार्य समिति सल्लाहकार पंकज जला र समीर थापा चयन हुनुभएको छ । उक्त संस्थामा हाल ८६ वटा कलेज रहेको र ती कलेजमा २८ हजार विद्यार्थी अध्ययनरत रहेको अध्यक्ष केसीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्