जनता टाइम्स

२३ श्रावण २०८०, मंगलवार १४:३९

श्रीमानलाई कालो भन्नु क्रूरता हो : भारतीय उच्च अदालत


कर्णाटक, २३ साउन । कर्णाटक उच्च अदालतले कालो छालाका कारण एक पुरुषलाई आफ्नी श्रीमतीले अपमान गर्नु क्रूरता भएको बताएको छ । अदालतले यसलाई सम्बन्धविच्छेदको बलियो कारण मान्दै दम्पतीलाई सम्बन्धविच्छेदको अनुमति दिएको छ। उच्च अदालतले हालैको फैसलामा ४४ वर्षीय पुरुषलाई आफ्नी ४१ वर्षीया श्रीमतीसँग सम्बन्धविच्छेद गर्ने निर्णयमा यस्तो टिप्पणी गरेको हो ।

अभिलेखमा रहेका प्रमाणलाई गहिरिएर अध्ययन गर्दा श्रीमतीले श्रीमानलाई आफू कालो भएको भन्दै गाली गर्ने गरेको र सोही कारण श्रीमानबाट टाढिाएको पनि निष्कर्षमा पुगेको उनले बताए ।

उच्च अदालतको कडा टिप्पणी
तर, सन् २०१७ मा पारिवारिक अदालतले पतिको सम्बन्धविच्छेदको निवेदन खारेज गरिदिएको थियो । त्यसपछि श्रीमानले कर्नाटक हाईकोर्ट पुगेका थिए । उच्च अदालतले फैसला सुनाउँदै पतिले महिलासँग अवैध सम्बन्ध रहेको भन्दै लगाएको आरोप पूर्णतया निराधार र लापरवाहीपूर्ण रहेको बताएको छ ।

दालतले फैसलामा थप भनेको छ, ‘श्रीमतीले श्रीमान फर्काउन कुनै प्रयास गरिनन्। हाम्रो रेकर्डमा रहेको प्रमाणले पतिको कालो रंगका कारण श्रीमतीले विवाहमा चासो नदेखाएको देखाउँछ।’ अदालतले पारिवारिक अदालतको आदेशलाई खारेज गर्दै सम्वन्धविच्छेदको आदेश दिनु पर्ने देखाएको छ ।’