संखुवासभा, साउन २३ । संखुवासभा सदरमुकाम खाँदबारी कारागारामा कैदीबन्दीबीच कुटाकुट हुँदा दुई जनाको मृत्यु भएको छ ।
संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारका अनुसार आकाश बलामी र विनोद तोलांगीको मृत्यु भएको छ । आकाश चोरी र विनोद जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेकाहरू अभियुक्त हुन ।
कारागारको शौचालयको झ्याल काटेर भाग्न खोज्दा नियन्त्रणमा लिएर भित्रै राखिएको थियो । त्यसलगत्तै भित्र कुटाकुट गरेपछि दुईजनाको मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्