काठमाडौं, भदौ ३ । सभामुख देशवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाउनु भएको छ ।
सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुलाई छलफलका लागि बोलाउनु भएको हो ।
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय भएको छ ।













प्रतिक्रिया दिनुहोस्