काठमाडौं, ४ भदौ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नेपाली कांग्रेसका उद्धव थापाले विश्वासको मत पाएपछि लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा अति भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै लेख्नुभएको छ, ‘संविधान रक्षाको दावी गर्ने गठवन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा भन्नै पर्ने भो– अब त अति भयो ।’
उहाँले नेपालको संविधानले सभामुखको भूमिका तटस्थ र निष्पक्ष हुने मान्यता आत्मसात गरेको उल्लेख गर्दै कोशीमा गठबन्धनले सरकार गठनका लागि सभामुख हुँदै सभाध्यक्षलाई पनि असंवैधानिक रुपमा प्रयोग गरेको टिप्पणी गर्नुभयो । ‘यसरी पटक(पटक संविधानको हुर्मत लिने सत्ता गठबन्धनले संविधान रक्षाको दाबी गर्नु ‘सौ चुहे खाकर बिल्ली चली हजको’ भने जस्तै हो’, पोखरेलले लेख्नुभएको छ ‘त्यसैले सबैले एकस्वरमा भनौं, ‘इनफ इज इनफ ।’













प्रतिक्रिया दिनुहोस्