जनता टाइम्स

५ भाद्र २०८०, मंगलवार १५:५९

सूचना टाँसेर संसद बैठक स्थगित


काठमाडौं, ५ भदौ । आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । आज अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर बुधबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको हो ।

सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठ गर्न दलहरू सहमत भएसँगै संसद बैठक बस्ने अनुमान गरिएको थियो ।

गत १० साउनदेखि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठनको माग गरेर सदन अवरुद्ध गर्दै आएको छ ।