जनता टाइम्स

६ भाद्र २०८०, बुधबार १५:२६

प्रो. किम सङ–हुनको नेपाल प्रेम


सिओल, ६ भदौ । दक्षिण कोरियाको बुसान यूनिभर्सिटी अफ फरेन स्टडिजका प्रोफेसर किम सङ–हुनको नेपालप्रति विशेष प्रेम रहेको छ । उहाँले १६ अगस्टमा गरेको टेंगडोसास्थित मन्दीरको भ्रमण, दक्षिण कोरियाका पूर्व राष्ट्रपति मुन जे–इनलाई केपी शर्मा ओलीको सन्देश र धुलिखेल नगरपालिका र बुसान यूनिभिर्सिटीबीचको भातृ सम्वन्ध किमको नेपालप्रतिको अगाध प्रेमकै कारण सम्भव भएको हो ।

नेपाल र दक्षिण कोरियाबीच यसरी जनस्तरको सम्वन्ध स्थापित गराउनेमा दुई जना पर्दा पछाडिका नायक छन् । ती नायकमा नेपालका तर्फबाट प्रवासी नेपाली मञ्च (ओएनएफ) कोरियाकी अध्यक्ष सृजना नेपाली र कोरियाई प्रोफेसर किम सङ–हुन हुनुहुन्छ । उहाँहरु दुईले नै गत फेब्रुअरीदेखि नेपाल र दक्षिण कोरियाको जनस्तरको सम्वन्ध स्थापित गराउन विशेष भूमिका खल्नुभएको छ र उहाँहरू दुवैजना मिलेर यो योजना र कार्यक्रम बनाएनु भएको हो ।

उहाँको नेपालप्रतिको प्रेम असाधारण रहेको देख्न सकिन्छ । एक बुद्ध धर्मावलम्विका नाताले पनि उहाँले नेपालको सधैं प्रशंसा गर्ने गर्नुभएको छ । उहाँ नेपाल र कोरियालाई कसरी जोड्न सकिन्छ भनेर सोचिरहनुहुन्छ र यसकै लागि उहाँले सृजना नेपालीलाई आफू टेंङडोसा मन्दीरसंग जोडिने आश्वासनसमेत दिनुभएको छ ।

प्रो. किम सङ–हुन कोरियाको ठूलो डेमोक्रेसी पार्टीका तर्फबाट राष्ट्रिय सभाको उम्मेद्वारसमेत हुनुहुन्छ । दक्षिण कोरियाको याङ्गसनमा एउटा धेरै प्रसिद्ध राजनीतिज्ञका रूपमा पनि चिनिनुहुन्छ । उहाँ याङ्गसन सहरको हितलाई मध्यनजर गर्दै कयौंं विदेशी देशका साथ, सहयोग तथा अनुभव आदान–प्रदानमा लागिरहेको देखिनुहुन्छ । यसै क्रममा उहाँले नेपाललाई प्राथमिकतामा राख्न धेरै प्रयास गर्नुभएको छ ।

प्रो. किम सेओङ–हुनले २०२४ मा हुन गइरहेको नेशनल एसेम्वलीको निर्वाचनमा उम्मेदवार हुने योजना बनाइरहनुभएको छ । यदी उहाँले विजय हासिल गर्नुभएको खण्डमा उहाँले भन्नुभएको छ, ‘नेपालसंगको सम्वन्ध झनै कसिलो, बलियो बनाउन अझ धेरै प्रयास गर्नेछु ।’