जनता टाइम्स

१० भाद्र २०८०, आईतवार १२:११

रास्वपाको उद्योग समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने


काठमाडौं, १० भदौ । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिको सभापतिका चयनका लागि हुने निर्वाचनको आज मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

समिति सभापतिमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच भागबन्डा भएको छ । उनीहरुका उम्मेदवारविरुद्ध रास्वपाले उम्मेदवारी दिने भएको हो । सत्ता गठबन्धन र प्रमुख विपक्षीबीच भएको भागबन्डामा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापति जनमत पार्टीको भागमा परेको छ ।