काठमाडौं, भदौ ११ । नेपाली सेनाका गुल्मपति बिमल पण्डित सम्पर्कबिहीन हुनुभएको छ । डोल्पा सदरमुकाम दुनैस्थितस्थित नन्द बक्स गुल्मका प्रमुख पण्डित सम्पर्कविहीन हुनुभएको हो ।
गएरातिदेखि पण्डित सम्पर्कविहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जनाउनु भयो ।
गुल्मपति पण्डितले बडीगार्डलाई पनि छाडेर एक्लै निस्किएको र हिजोदेखि सम्पर्कमा नआएको कारण खोजीमा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्