काठमाडौं, भदौ २२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नविना लामाले सरकारले नै सांसद–सांसदबीचमा बिभेद गरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै लामाले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचित र समानुपातिक संसदबीचमै सरकारले विभेद गरेको भन्दै बिभेदकारी नीति सच्याउन माग गर्नुभएको हो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्यक्ष निर्वाचित सांसदलाई हर्ताकर्ता बनाइएको र समानुपातिक सांसदलाई जनताको प्रतिनिधि नै नभएको महसुस भएको लामाको भनाई छ ।
नेकपाबाट समानुपातिक सांसद लामाले सरकारबाटै यस्तो विभेद भएको र त्यसलाई सच्चाएर नीति बनाउनु पर्नेमा जोड दिनुभयो । अनेरास्वबियूका पूर्वअध्यक्ष लामा समानुपातिकतर्फबाट सांसद हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्