जनता टाइम्स

१७ भाद्र २०८०, आईतवार १८:४३

पोर्चुगलको प्रलोभन देखाएर ठगी गर्ने एक जना पक्राउ


काठमाडौं, १७ भदौ । पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठानको मल्लरानी गाउँपालिका(४ खलंगा घर भई हाल काठमाडौं(२६ सामाखुसी बस्ने २८ वर्षीय नवराज खड्का रहेका छन्।

उनले वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइदिने भनेर सन्दीप परियारसँग तीन लाख रुपैयाँ लिएर फरार भएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।