जनता टाइम्स

२० भाद्र २०८०, बुधबार १७:४८

सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टरमा देउवा


काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सह–महामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुग्नुभएको छ ।

कांग्रेस समहामन्त्री यादवमाथि रिपोर्टस् क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने नुवाकोट सापकोटा पक्राउ गरिसकेका छन् ।