जनता टाइम्स

२० भाद्र २०८०, बुधबार १७:५६

सहमहामन्त्री यादवलाई आक्रमण गर्नेमाथि कडा कारबाही गर्न कांग्रेसको माग


काठमाडौं, २० भदौ । नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै दोषिमाथि कडा कारबाहीको माग गर्नुभएको छ ।

‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ । रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । कांग्रेसले यादवको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।