जनता टाइम्स

२१ भाद्र २०८०, बिहीबार १७:५९

अनेरास्ववियुले रामेछापमा अखिल महोत्सव गर्दै


काठमाडौं, २१ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु )रामेछापले जिल्लामा अखिल महोत्सव गर्ने भएको छ । जिल्लाको शैक्षिक उन्नयनको लागि सो महोत्सव गर्न लागिएको अनेरास्ववियु रामेछापका सचिव पुष्कर भट्टराईले जानकारी दिनुभयो । महोत्सवमा जिल्लाका ८ वटै स्थानीय तहका विद्यार्थीले सहभागिता जनाउने छन् ।

महोत्सवमा हरेक पालिकाका छुट्टाछुट्टै शैक्षिक स्टल राखिने छ । उक्त स्टलमा शैक्षिक क्षेत्रका विभिन्न विषयवस्तुहरू प्रदर्शनीमा राखिने छ । प्रदर्शनी भदौ १५ गते गर्ने योजना रहेको भट्टराईले बताउनुभयो । त्यसको तयारीमा संगठन जुटेको उहाँले बताउनुभयो । तयारी स्वरूप संगठनको जिल्ला कमिटी र रामेछाप काठमाडौं सम्पर्क कमिटीको संयुक्त विस्तारित बैठक सम्पन्न भएको छ ।

बैठकमा प्रथम अखिल महोत्सव २०८० एवं अनेरास्ववियु रामेछापको १३ औँ जिल्ला अधिवेशनको तयारी र प्रचार भेला साउन २७ गते काठमाडौंमा गर्ने निर्णय भएको भट्टराईले बताउनुभयो । २७ गतेको भेलाले आवश्यक योजना बनाउने उहाँले जानकारी दिनुभयो ।